इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी : सलाहको एक सय गोल पूरा

जनपत्र
२८ भाद्र २०७८, सोमबार ११:४९

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित लिड्स युनाइटेडलाई पराजित गरेको हो । लिभरपुलका लागि मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे । सलाहले प्रिमियर लिगमा एक सय गोल पूरा गरेका छन् ।

जितसँगै ४ खेलमा १० अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ भने लिड्स युनाइटेड २ अङ्क जोडेर १७ औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*