तौल घटाउने नाममा नगर्नुस् यी ७ गल्ती

जनपत्र
३० बैशाख २०७६, सोमबार १७:४३

शरीर मोटो भयो भनेर धेरैमा चिन्ता रहेको पाइन्छ। मोटो हुनु ठूलो कुरा होइन, स्वस्थ रहनु महत्वपूर्ण हो। मोटोपन घटाउन तपाईं जथाभावी गरिरहनुभएको त छैन? जुन हानिकारक छ। ध्यान दिनुस् यी कुरामा-

१. जिरो क्यालोरी डाइट
शरीरको फ्याट खर्च गर्न शरीरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ। तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ। जुन तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।

२. औषधी तथा पिल्स
सजिलै तौल घटाउन कहिल्यकाहीँ हामीले औषधि तथा पिल्स खाने गर्छौं। तर, यसले तपाईंको स्वास्थ्यमा गम्भीर हानि गर्छ। सन्तुलित भोजन र व्यायामसँगै पुरक पोषणयुक्त खानेकुरा पनि शरीरलाई आवश्यक पर्छ।

३. खाना छोड्ने
तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ। यसले तपाईंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरीर आलस्य हुने र बिरामी बनाउँछ।

४. जबर्जस्ती वान्ता गर्ने
केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जबरजस्ती मुखमा औंला कोचारेर वान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ। यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ।

५. पखाला लाग्ने औषधि
पाचन प्रक्रियामा गडबडी गरी बारम्बार शौचालय जाने विधि धेरैले प्रयोग गरेका हुन्छन्। तर औषधिको प्रयोगले पाचन प्रणालीलाई कमजोर पार्नुका साथै पेटसँग सम्बन्धित अन्य समस्या उत्पन्न हुन सक्छ।

६. धुमपान
कोहीकोहीले भोक दबाउन धुमपान गर्ने गर्छन्। धुमपानले दिमागको संकेतलाई अवरोध गरी भोक मार्ने गर्छ। त्यही भएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै असर पर्दैन। तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानि गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ।

७. अत्यधिक व्यायाम
अत्यधिक व्यायायमको परिणामले शरीरलाई घाइते बनाउँछ। किनकि अत्यधिक व्यायामले मुटुमा असर गर्न सक्छ। बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरीरलाई फाइदा हुन्छ।
नेपाल लाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*