हावाहुरी प्रभावितका लागि प्रदेश १ सरकारबाट एक करोड सहयोग

जनपत्र
३० बैशाख २०७६, सोमबार १७:३५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
गत चैत १९ गते बारा र पर्सा जिल्लामा हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।
हावाहुरीबाट प्रदेश २ को बारा र पर्सामा ठूलो धनजानको क्षति भएपछि प्रदेश १ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो । चेक बुझ्दै प्रदेश २ का मुख्य मन्त्री राउतले विपतका बेला सहयोग गरेकोमा प्रदेश १ सरकारलाई धन्यवाद दिए । चेक हस्तान्तरण गर्दै प्रदेश १ का मुख्य मन्त्री राईले विपतका बखत एकअर्कालाई सहयोग गर्नु मानविय धर्म भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*