ऋषि पञ्चमी मनाइँदै, मकवानपुरका खोलाहरुमा पञ्चमी नुहाउनेहरुको लाइन

जनपत्र
२६ भाद्र २०७८, शनिबार ०७:२७

हेटौंडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ । ऋषि पञ्चमीका अवसरमा हेटौंडाको रापती खोला, कर्रा खोलामा नुहाउनका लागि महिलाहरुको लाइन लागेको छ । यसैगरी मकवानपुरका दश वटै स्थानीय तहका खोलाहरुमा पनि बिहानै देखि महिलाहरु ऋषि पञ्चमी मनाउँदै छन् । त्यही नुहाउने, नाचगान गर्दै छन् ।

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।

सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । कोरोना महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*