बागमतीका मन्त्री तथा पदाधिकारीहरुलाई आचार संहिता
हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्री र पदाधिकारीका लागि आचार संहिता पास गरेको छ । प्रदेशको मन्त्रीपरिषद्को बैठकले आचार संहिता पास गरेको हो । प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीहरुलाईआचार संहिताः कुनैपनि नियुक्तीमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचार संहिता पास गरेको छ ।
बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने, यूवा र महिलाको लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने गरी आचार संहिता पास गरेको छ । संविधान कार्यन्वयनमा सकृय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भई शासन प्रणालीलाई सहभागितामूलक वनाउने, देश र जनताको हित र सेवामा निरन्तर सकृय रहने उद्धेश्य पूर्तिका लागि सुशासन ९व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रदेश सरकारका प्रवक्ता केसबराज पाण्डेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनमा कृयाशील रही मुख्यमन्त्रीसँग भएको कार्यसम्पादन करारको कार्यान्वयनमा केन्द्रित रहने तथा चौमासिक प्रतिवेदन पेश गर्ने, मन्त्री तथा पदाधिकारीहरुले समाजवाद उन्मुख कार्यक्रमलाई कार्यान्वयनका लागि प्राथामिकता दिई पूर्णरुपमा नेतृत्वदायी भूमिका निभाउने, मन्त्री तथा पदाधिकारीहरुका सबै कृयाकलापहरु कानूनमैत्री, सदाचारयुक्त तथा जनमैत्री हुनुपर्ने, मन्त्री तथा पदाधिकारीहरु भ्रष्टाचारजन्य कुनै पनि गतिविधिमा संलग्न देखिए तत्काल पदमुक्त हुने, मन्त्री तथा पदाधिकारीहरुले कार्यस्थलमा हुने महिला हिंसा, समाजिक विभेद तथा अन्य अनैतिक आचारण प्रति शुन्यसहनशीलता अपनाउने आचारसंहिता बनाइएको छ ।
यसैगरी मन्त्री तथा पदाधिकारीहरुले नियुक्तीका लागि सिफारिश गर्दा सबै प्रकृया पुर्याई आवश्यक कागजातहरुराखी सम्वन्धित विषय विज्ञहरु मध्येवाट नै प्रस्ताव गर्नुपर्ने, नियुक्त गर्नु पर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रुपमा नियुक्त गर्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुले प्रचलित कानूनले तोकेभन्दा वढी वा कुनै पनि किसिमको अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने, मन्त्री तथा पदाधिकारीहरुहरुले सादा जीवन कडा परिश्रमको नीति अबलम्बन गर्नुपर्ने, स्थलगत भ्रमण वा कुनै कार्यक्रममा सहभागी हुँदा सम्भव भए सम्म मुख्यमन्त्रीलाई जानकारी गराएर मात्र र आफू सहभागीहुने कार्यक्रमको वैधानिकता स्वीकार्यता विचार गरेरमात्र विवाद नआउने गरी सहभागी हुने र विचार व्यक्त गर्ने, मन्त्री तथा पदाधिकारीहरुले पदको दुरुपयोग गरी नाता गोता र आफन्तहरुलाई ग्राह्यता दिन नपाईने, मन्त्री तथा पदाधिकारीहरुले आफू आफन्त वा आफ्नो निकटका व्यक्तिहरुसँग सम्बन्धित कुनै काम गराउन वा नगराउन अन्य निकायका पदाधिकारीलाई दवाव दिन वा अनुचित प्रभाव पार्न वा नहुने गैर सरकारी संघ र संस्थाको पदाधिकारी हुन वा त्यस्तोसंस्थाको अनुचित वा गैरकानूनी कृयाकलापमा संलग्न नहुने लगायतका आचार संहिता जारी गरिएको मन्त्री पाण्डेले वताउनुभयो ।