प्रदेशसभामा मन्त्रीको जवाफ -बजेट कार्यान्वयन गर्न सकिएन

जनपत्र
३० बैशाख २०७६, सोमबार १५:३२

हेटौंडा । प्रदेश नम्बर –३ नेकपाका संसदिय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभएको छ । प्रदेशसभाको बर्षे अधिवेशनको आज शुभकामना दिने क्रममा उहाँले प्रदेशको नयाँ संरचना र कर्मचारी अभाबका कारण बजेट खर्च गर्नका लागि समस्या भएको बताउनुभयो ।

प्रदेश सरकारले काम गरेन भन्ने जनगुनासो जतातै आएको बताउँदे उहाँले त्यो सत्य कुरा रहेको भएको बताउनुभयो । सरकारले काम गर्नका लागि समस्या भएकाले काम गर्न केही समस्या भएपनि अब भने काम गर्नेगरी अगाडी बढीएको उहाँको भनाई छ । प्रदेशमा ३६ वटा कानुन बनीसकेको र २६ वटा कानुनको प्रदेश प्रमुखले प्रमाणिकरण गरिसक्नु भएको उहाँले बताउनुभयो ।

बनेका कानुन कार्यनयन हुनका लागि पनि समस्या भईरहेको उहाँको भनाइ छ । संघिय सरकारका निकायले प्रदेशको कानुन कार्यनयन नगरेको उहाँको गुनासो छ । प्रदेशको स्थायी राजधानी तोक्ने काम यो अधिवेशनभरमा सकिने उहाँले बताउनुभयो । प्रदेश राजधानी अब छिट्टै तोक्नेगरी तय गरिने उहाँको भनाइ छ । राजधानीको बिषय राजनीतिकरणका कारण पनि समस्या भएको उहाँको भनाई छ । अब बिकाश गर्ने नयाँ मोडलबाट अगाडी बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–कानुन बन्ने कुरा र कर्मचारीको पुरानै सैलिका कारण समस्या बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*