सरकार आफु काम गर्दैन बटुवालाई पनि प्रतिपक्ष देख्छ–नेता बानियाँ

जनपत्र
३० बैशाख २०७६, सोमबार १५:२७

हेटौंडा । प्रदेश नम्बर–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बजेट आउनुभन्दा पहिलेनै स्थायी राजधानी र नामाकरणको बिषयमा टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । प्रदेशसभाको बर्षे अधिवेशनको आज शुभकामना दिने क्रममा उहाँले राजधानी तोकिएपछी प्रदेश सरकारका संरचना कहाँ निर्माण गर्ने भनेर रकम छ्ट्याउनका लागि पनि सहज हुने बताउनुभयो । सत्तापक्षले प्रदेशसभालाई कमजोर बनाउँदै लगिएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

एक बर्षभरीमा सरकारले ल्याएका योजना कार्यनयन नभएकोमा उहाँले आपत्ति जनाउनुभयो । सत्तापक्षले अहिले आफु काम नगर्ने अनी सबैलाई प्रतिपक्ष जस्तो देख्ने बानी रहेको बताउनुभयो । भनेका र गरेका निणय कुनैपनि काम कार्यनयन नभएको बताउँदै उहाँले भन्नुभयो– आफु भनेको काम नगर्ने अनी, बाटो हिड्नेलाई समेत प्रतिपक्ष जस्तो सरकारको बानी सरकारको रहेको छ ।

प्रदेश प्रहरी ऐन निर्माणनै नगर्ने तर,संघिय सरकार अन्तरगतका प्रहरीका संरचना निर्माण गर्नका लागि प्रदेश सरकारले एक अरब रुपैयाँ भन्दा बढी रकम खर्च गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । प्रहरीको संरचना अहिले पनि संघिय सरकार अन्तरगतको रहेको बताउँदे उहाँले भन्नुभयो–संघिय सरकारले प्रहरी ऐन बनाउन नदिने अनी प्रदेश सरकारले संघिय सरकारका संरचना बनाउन किन बजेट छुट्याउनुप¥यो ?’प्रदेश राजधानीको बिषय मुख्यमन्त्री र सभामुखको प्रतिष्ठाको बिषय बनेको उहाँले बताउनुभयो । प्रदेश सभाको बैठकमा प्रदेश सांसदहरु सुरेन्द्रराज गोसाई, रिता माझि, रिना गुरुङ, प्रेमबहादुर तामाङले बर्षे अधिवेशनको शुभकामना ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*