कांग्रेसद्वारा प्रदेश ३ को संसद अबरुद्ध, राजधानीको प्रकृया सुरु गर्न माग

हेटौंडा / प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेशले आज प्रदेश– ३ सभाको ससद बैठक अबरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभयो । बर्षे अधिवेशनको अबसरमा सबै दलका तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गरे लगतै संसदको अरु काम कार्बाही गर्न नदिनका लागि काग्रेशका सांसदले उठेर संसद अबरुद्ध गरेका थिए ।
सभामुख श्रेष्ठले काग्रेश सांसदलाई बस्नका लागि आग्रह गर्नुभयो । राजधानीको प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । प्रदेश सभाको बर्षे अधिवेशनको सुरु भएलगतै आजको संसद बैठकमा नेपाली काग्रेशका सांसदहरुले उठेर संसद बैठक अबरुद्ध गरेका हुन् ।
प्रदेश ३ मा दुइतिहाईको सत्तारुढ नेकपाले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने बिषयलाई पछाडी धकेल्दै लगेको भन्दै रुष्ट भएका काग्रेश सांसदहरुले बैठक अबरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रकृया सुरु नगरेसम्म संसद बैठक चल्ने नदिने नेता बानियाँले बताउनुभयो । स्थायी राजधानीको बिषयलाई यसअघिकै अधिवेशनमा ल्याउने भनिएपनि बर्षे अधिवेशन सुरु हुँदा समेत राजधानीको प्रकृया सुरु नगरेकाले संसद अबरुद्ध गर्नुपरेको काग्रेश प्रतिपक्ष दलका नेता बानियाँले बताउनुभयो । यस अघिनै प्रदेश राजधानी र नामाकरणको प्रकृया बर्षे अधिवेशनमा सुरु गर्ने भनिएपनि त्यसको बिषयले आजको बैठकमा पनि प्रवेश पाएन ।
यता सत्तारुढ दल नेकपाका संसदिय दलका उपनेता शालिकराम जम्कट्टेलले काग्रेशले संसद अबरुद्ध गरेर अमर्यादित काम गरेको बताउनुभयो । काग्रेशले गरेको यो बिधिबाट राजधानी तोकिन नसकिने बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफुहरुले पनि आवाज उठाएकाले यो बिषयको टुङ्गो बर्षे अधिवेशनबाट लगाईने उहाँले बताउनुभयो ।
प्रदेश राजधानीको बिषयमा हेटौंडा जतीनै बिवाद भएको प्रदेश १ को बिराटनगरमा राजधानी तोकिसकियो तर, प्रदेश ३ को हेटौंडामा राजधानी तोक्न भने अझै सकिएको छैन । राजधानीको बिषयमा प्रकृया सुरु गर्नका लागि नेकपाकै सांसदहरु अहिले अलमलमा परेका छन्् । नेकपाको एउटै निणय हुन नसक्दा राजधानीको प्रकृया सुरु नभएको हो । प्रदेश ३ लाई उत्कृष्ट प्रदेश भन्ने अनी धेरैजसो प्रदेशले नाम र राजधानी टुङ्गो लगाउँदा समेत यहाँ प्रकृयानै सुरु नगरेकोमा नेता बानियाँले आपत्ति प्रकट गर्नुभयो ।
अधिवेशननै पिच्छे यो बिषय प्रवेश दिने भन्दै सत्तारुढ दल नेकपाले प्रतिपक्षी दल काग्रेशलाई फकाउन चाहेपनि आजबाट सुरु अधिवेशनमा भने फकाउन सकेन । यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि प्रबेश नपाएपछी काग्रेशका सांसदहरु रुष्ट भएका थिए । बर्षे अबिधेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि फेरी त्यसैगरी टार्न खोजीएको भन्दै प्रतिपक्षी काग्रेशका सांसदहरुले रुष्ट भएका हुन् ।
प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको बिषयले प्रबेश नपाएको भन्दै काग्रेशले यसअघिनै संसद अबरुद्ध गर्ने चेतावनी दिईसकेको थियो । संसद अबरुद्ध हुने भन्ने थाहा हुँदा पनि प्रतिपक्षि काग्रेशलाई फकाउन कुनै प्रयाश समेत नभएको नेकपाका सांसदहरुले बताएका छन् । राजधानी र नामाकरणको प्रकृया सुरु गर्नका लागि नेकपाका सांसदहरु पनि तयार छन् । तर, पार्टीको संसदिय दलको हुईप लगाएका कारण संसदमा कुरा भने उठाउन सकेका छैनन् ।