प्रदेश सभामा राजधानीको बिषयले प्रवेश नपाउने, काग्रेशले संसद अबरुद्ध गर्ने संकेत

जनपत्र
२९ बैशाख २०७६, आईतवार १८:५८

हेटौंडा /  प्रदेश नम्बर–३ को प्रदेशभाको बर्षे अधिवेशन भोली देखि हेटौंडामा सुरु हुने भएको छ । भोलीको अधिवेशनमा आठ वटा बिषयले प्रबेश पाउने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । आज सभामुखको अध्यक्षतामा बसेको कार्यब्याबस्था परामर्ष समितिको बैठकको निणय अनुसार आठ वटा बिषयले प्रदेश सभा बैठकमा प्रवेश पाउने भएको हो ।

भोलीको प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको बिषयले प्रवेश नपाउने सभामुख श्रेष्ठले बताउनुभयो । एक हप्तापछी मात्र राजधानीको बिषयलाई प्रबेश गराउन सकिने उहाँले बताउनुभयो । यसअघि पनि हिउँदे अधिवेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि प्रबेश नपाएपछी काग्रेशका सांसदहरु रुष्ट भएका थिए । बर्षे अबिधेशनमा राजधानीको बिषयले प्रबेश पाउने भनिएपनि फेरी त्यसैगरी टार्न खोजीएको भन्दै प्रतिपक्षी काग्रेशका सांसदहरुले संसद अबरुद्ध गर्न सक्ने संकेत देखिएको छ ।

प्रदेश सभा गठन भएको एक बर्ष नाघिसक्दा समेत राजधानीको बिषयले प्रबेश नपाएको भन्दै काग्रेशले यसअघिनै संसद अबरुद्ध गर्ने चेतावनी दिईसकेको छ । संसद अबरुद्ध गर्ने नगर्ने बिषयमा प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्यद्रबहादुर बानियाँले केही भन्न चाहनुभएन । भोलीको बिषय भएकाले अहिलेनै केही नभन्ने उहाँको भनाई छ । तर, काग्रेशका सांसदहरु बर्षे अधिबेशनमा समेत राजधानीको बिषयले सुरुमै प्रबेश नपाउने भएपछी थप रुष्ट भएका छन् । भोली १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*