प्रदेश ३ को पर्यटकीय क्षेत्रहरुलाइ समेटेर भिडियो डकुमेन्ट्री

हेटौंडा / प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल टेलिभिजन संग सहकार्य गरेर भिडियो डकुमेन्ट्री बनाउने भएको छ । यसका लागि आज नेपाल टेलिभिजन संग संझौता पनि गरिएको छ । प्रदेश नम्बर ३ ले प्रदेश भित्रको पर्यटकीय गन्तव्यहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटकीय क्षेत्रहरुको भिडियो डकुमेन्ट्री निर्माण गर्ने भएको हो ।
प्रदेश सरकारको चालु आर्थिक बर्ष ०७५र ०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय क्षेत्रको डकुमेन्ट्री निर्माण गर्ने कार्यक्रम सम्पन्न गर्न मन्त्रालयले नेपाल टेलिभिजनसँग सहकार्य गर्ने भएको प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताउनुभयो ।
मन्त्री नेपालको उपस्थिथिमा सम्पन्न मन्त्रालय र नेपाल टेलिभिजन बिच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा टेलिभिजनका कार्यकारी अध्यक्ष हेन्द्र विष्टले डकुमेन्ट्रि निर्माणको काम जेठ महिना भित्रै सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री नेपालले प्रदेश नं. ३ पर्यटकीय हिसाबले अनेकौँ सम्भावना भएको प्रदेश भएकोले पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र ब्राण्डिङ गर्नुका साथै पर्यटकीय क्षेत्रहरुको व्यवस्थापनमा प्रदेश सरकार योजनाका साथ लागिपरेको भन्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश भित्र विदेशी पर्यटकहरुलाइ आकर्षण गर्ने योजनाहरुका बारेमा जानकारी दिनुभयो ।