सडकमा दुर्घटनाको जोखिम, सडक सुरक्षा गर्न हेटौंडामा गोष्ठी

हेटौंडा / सवारी दुर्घटना धेरै बढ्न थालेपछी जनचेतना जगाउने उदेस्यले सडक सुरक्षाका सम्बन्धमा आज हेटौंडामा गोष्ठी गरिएको छ । नेपालका सबैजसो सडक दुर्घटनाको जोखिममा रहेका छन् । सडकमा हुने सवारी दुर्घटनामा दिनहुँजसो मानिशको मुत्यु हुनेक्रम बढ्न थालेपछी सप्ताहब्यापी रुपमा यस्ता कार्यक्रम गर्दै जनचेतान जगाउनका लागि सहज होस भन्ने उदेस्यले हेटौंडामा कार्यक्रम गरिएको हो । नेपाल इन्जरी अनुसंधान केन्द्रको आयोजनामा मकवानपुरका संचारकर्मीहरु संग सडक सुरक्षाका बिषयमा कार्यक्रम गरिएको हो ।
संचार क्षेत्रले सडक सुरक्षाका सम्बन्धमा कलम चलाउँदा यसको सुरक्षामा थप सहयोग पुगोस भन्ने उदेस्यले कार्यक्रम गरिएको छ । कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले लापरवाही ढंगले सवारी हाक्नेलाई कडा कार्बाही गरेमा मात्र सवारी दुर्घटना कम हुन सक्ने बताउनुभयो । मापसेका कारण पनि सवारी दुर्घटना बृद्धी भएको उहाँले बताउनुभयो ।
राजमार्गका सडक फराकिलो नहुँदा पनि सवारी दुर्घटनाको जोखिम निकै बढेको उहाँको भनाई छ । सडक कार्यालयले सडक निर्माण गर्छ तर, फुटपाथ निर्माण नहुँदा पैदलयात्रीहरु सडकबाटै हिड्नुपर्दा पनि सवारी दुर्घटना बढेको मेयर महतको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो । सडक सुरक्षाका समबन्धमा बिभीन्न प्रस्तुतीकरण गरिएको थियो ।