हेटौँडामा कर्रा खोलाले ट्रक बगाउँदा दुई जना बेपत्ता

जनपत्र
१८ भाद्र २०७८, शुक्रबार १९:५९

मकवानपुर – हेटौँडामा कर्रा खोलाले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शिवम् सिमेन्ट उद्योगबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक आज शुक्रवार दिउँसो कर्रा खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बगाएको ट्रक फेला परे पनि बेपत्ता दुई जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको नाम र ठेगाना पनि खुल्न नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*