बिरामीको सेवामा लाग्ने नर्षहरु रगत दिन तम्सिए

हेटौंडा / मकवानपुरमा आज अन्तराष्ट्रिय नर्सिङ्ग दिवस बिभीन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल नर्सिङ्ग संघ मकवानपुरको आयोजनामा हेटौंडामा ¥याली, सभा र रक्तदान गरेर कार्यक्रम मनाइएको हो । बिशेषगरी आफ्नो काम संगै सामाजिक पेसाको रुपमा लिइने नर्सिङ पेसामा आबद्ध महिलाहरुले आज रगत समेत दान गरेर यो कार्यक्रम मनाएका छन् ।
कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नर्षहरु बिरामीको सेवामा अझै उत्प्रेरीत भएर लाग्नका लागि स्थानीय सरकारले सहयोग गरिने बताउनुभयो । नगरका हरेक क्षेत्रमा स्वास्थ्य शिवीर कार्यक्रम गरेर नर्षहरुले बिरामीको सेवा गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । नर्षहरुको संस्थागत बिकाशका लागि आफुलागि पर्ने मेयर महतले बताउनुभयो ।
सधै बिरामीको सेवामा लागिरहने मकवानपुरका नर्षहरुले नर्सिङ दिवशका अबसरमा पनि बिरामीका लागि रगत दान गरेर यो दिवश मनाएका हुन् । औपचारिक कार्यक्रम सुरु हुनु अगाडी हेटौंडा अस्पतालबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेर बुद्धचोकमा आएर सभामा परिणत भएको संस्थाका सचिब निर्मला ब्लोनले बताउनुभयो ।
नर्सिङ्ग संघ मकवानपुरका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य रमेश सुब्बा, नसिंङ्ग कलेज मकवानपुरका प्रमुख रत्न गुरागार्इं, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबंश भेटवाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।