यस्तो छ सोमबार सम्मको मौसम, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाद्वारा प्रकाशित बुलेटिन:
जारी मिति: वैशाख २८ गते (शनिबार): बिहान ६:०० बजे
वैशाख २८ गते (शनिबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते (आइतबार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति:देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ।
वैशाख ३० गते (सोमबार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।