कार्यालय सहयोगि र चालकको समस्या बुझ्दै बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माथील्ला स्तरका कार्यालय, प्रमुख, मन्त्रालयका सचिबहरुसंग मात्र भेटघाट, छलफल गर्ने परिपाटीलाई त्याग्दै कार्यालयमा तल्लो तहमा रहेर काम गर्ने कर्मचारीसंग आज छलफल गर्नु भएको छ ।
कुनैपनि मन्त्री वा मुख्यमन्त्रीले तल्लो तहका कर्मचारीको समस्या बुझ्ने र उनीहरुसंगै बसेर छलफल गर्ने काम त्यती गर्दैनन् । तर, मुख्यमन्त्री शाक्यले आज प्रदेशका बिभीन्न मन्त्रालय र मातहतका कार्यालयका चालक र कार्यालय सहयोगीहरुसंग छलफल गर्नु भएको छ ।
उनीहरुले मनमा गुम्साएर बषौदेखि राखेका समस्याहरु मुख्यमन्त्री समक्ष राख्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् । चालक र कार्यालय सहयोगिहरुले कार्यालयमा आफुले भोग्नुपरेका समस्या, कामको बोझ, सुबिधा कमका बिषयमा मुख्यमन्त्री समक्ष राखेका छन् ।
मुख्यमन्त्री शाक्यले आफुले सबैलाई समान व्यावहार गर्ने वताउनुभयो । सबैलाई सामाजिक सुरक्षा कोषमा जानका लागि आग्रह समेत गर्नुभयो । उनीहरुले पाउने सुबिधा, जागिरको सुनिश्चतताका विषयमा पनि आफुले सकेको काम गर्ने वताउनुभयो ।