नेपालमै बन्यो कार्यक्रम चलाउने रोबर्ट

जनपत्र
२९ बैशाख २०७६, आईतवार ०६:५५

काठमाडौं -‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र ९रोबर्ट०ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।
अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ नै मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाकुपटासीमा सजिएकी फूलमाया ।
अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि । अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । यो समाचार सूर्यप्रसाद पाण्डेले अन्नपूर्णमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*