मुख्यमन्त्री राउतलाई १२ बुुँदे सुुझावपत्र

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र पर्यटनमन्त्री राम नरेश यादवलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघले नीतिगत १२ बुँदे सुझावपत्र बुझाएको छ ।
प्रदेश नं. २ स्थित होटेल तथा पर्यटन विकासको लागि महासंघले शनिवार एक समारोहका बीच वीरगञ्जमा उक्त सुुझावपत्र हस्तान्त्रण गरेको हो ।
प्रदेश नम्बर २ को पर्यटन विकास तथा प्रवद्र्धन गर्दै पर्यटनलाई व्यवसायीकरण गर्न सरकारले कार्य योजनालाई प्राथमिकताका साथ कार्यन्वयन गर्न गराउन महासंघले नीतिगत १२ बुँदे सुझाव हस्तान्त्रण गरेको छ । महासंघले बुझाएको सुझावलाई स्विकार गर्दै मुख्यमन्त्री राउतले सुझावलाई प्रदेशको प्रर्यटन विकासको मुख्य खाका मानी यस बर्षको नीति तथा कार्यक्रममा समाबेश गरि बजेट विनियोजन गरिने बताए ।