मकवानपुर क्षेत्र २ को (ख) मा ८० करोडको योजना छनौट गरि सिफारिस

जनपत्र
२८ बैशाख २०७६, शनिबार १६:२०

हेटौंडा /  प्रदेश नीति तथा योजना आयोगले ३ नम्बर प्रदेशको सबै ६६ वटा निर्वाचन क्षेत्रमा आ.व. ०७६र०७७ का नीति तथा कार्यक्रम, योजना तर्जुमा र बजेट निर्माण गरी योजना छनोट गर्न परिपत्र भएबमोजिम मकवानपुरको क्षेत्र २ को ख मा प्रत्यक्ष निर्वा्चित प्रदेशसभा सदस्य एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा मनहरी गाउँपालिकाको रजैयामा शनिबार अन्तरक्रिया कार्यक्रम भएको छ ।

अन्तरक्रियाबाट सर्वसम्मतरुपमा १० करोडको ३ योजना र ५० करोडको एक ठूलो योजना छनोट गरेको छ । १० करोडको ३ योजनाहरु, (१) मनहरी गाउँपालिका वडा नम्बर १ देखि ५ नम्बरसम्म खहरे नियन्त्रण, (२) राक्सीराङ गाउपालिकाको चैनपुर, मान्छाल,चौकीटारखैराङ, हुँदै मलेखु जोड्ने सडक निर्माण, (३) कैलाश गाउँपालिकाको गोगने(कालिकाटार(कैलाश ५ देखि ८ जोड्ने सडक निर्माण र ५० करोडको एउटा ठूलो योजना मनहरी गाउँपालिका सिम्पानी,सरिखेत, भार्ता , गोगने, थाहा नगरपालिका हुँदै चन्द्रागिरी जोड्ने सडक निर्माणको लागि प्रदेश नीति तथा योजना आयोगलाई सिफारिश गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

अन्तरक्रियामा मकवानपुर २ को ख का प्रदेशसभा सदस्यद्वय सन्त चेपाङ र ओम घलान, पूर्व सभासद राजाराम स्याङतान, त्यस क्षेत्रमा पर्ने राक्सीराङ, कैलाश र मनहरी गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु र राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र अगुवा समाजसेवीहरुको उपस्तिथिमा अन्तरक्रिया भै सर्वसम्मतरुपमा योजना सिफारिश गरिने निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*