हेटौंडालाई नमुना शहर बनाउँछौ– मेयर महत

जनपत्र
२८ बैशाख २०७६, शनिबार १२:५३

हेटौंडा .  हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुरको हेटौंडालाई नमुना शहर बनाईने बताउनुभएको छ । निर्माण सामाग्री ब्याबसायीसंघ मकवानपुरको आठौ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले सबैले सहयोग गरेमा हेटौंडा नमुना शहर बन्ने बताउनुभयो ।

बिकाश निर्माणका काम गर्दा कोही पनि प्रतिपक्ष नहुने भएकाले सबैको सहयोगमा नमुना शहर बनाउन लागिएको बताउनुभयो । हेटोंडामा भ्यूटावर र बस टर्मिनल निर्माण गर्न लागिएको बताउँदै उहाँले शहरमा अब नयाँ काम गरेर छाडिने बताउनुभयो । हेटौंडाको मुख्य बजार क्षेत्रमा सडकको दायाँ बायाँ २५ मिटर पनि भत्काउन नदिने र वाईपास सडक पनि निर्माण नगर्ने समस्याका कारण बजार क्षेत्र अस्तब्यस्त बनेको बताउनुभयो । बजार क्षेत्र सडक फराकिलो बनाउनका लागि संघिय सरकारले स्थानीय सरकारलाई जिम्मा नदिदा समस्या परेको बताउनुभयो ।

अहिले बजार क्षेत्रमा ट्राफिक जामको निकै समस्या परेको बताउनुभयो । नगरवासीहरुलाई कर बृद्धी गर्ने नभईकन करको दायर बढाउने काममा आफु लागिपरेको मेयर महतको भनाई छ । संघका अध्यक्ष रबि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष रामप्रसाद दाहाल, संघका संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*