विवादित एमसिसीको पक्षमा राष्ट्रिय सञ्चार माध्यमबाट विज्ञापन

जनपत्र
१४ भाद्र २०७८, सोमबार ०६:२६

राजनीतिक रुपमा विवादित बनेको अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०कोे पक्षमा राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट विज्ञापन बज्न थालेको छ। नेपालस्थित एमसिसी परियोजना कार्यान्वयन गर्ने कार्यालयले टेलिभिजनमार्फत विज्ञापन दिन सुरु गरेको हो।

‘एमसिसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादमा उल्लेख छ। एपी वान टेलिभिजनमा प्रसारित विज्ञापनमा ‘एमसिसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप यसको विपक्षमा अहिले गाउँगाउँसम्म विरोध छ। अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*