परराष्ट्रविध हिरण्यलाल श्रेष्ठलाई हेटौंडामा बाजा बजाउँदै रथमा घुमाईयो

जनपत्र
२८ बैशाख २०७६, शनिबार १०:२९

हेटौंडा / मकवानपुरको हेटौंडामा आज पुर्व राजदुत, सांसद तथा परराष्ट्रबिध हिरण्यलाल श्रेष्ठलाई रथयात्रामा नेवारी बाजा बजार परिक्रमा गराइएको छ । हेटौंडाको बुद्धचोकमा उहाँलाई प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्दै बजार परिक्रम गराइएको हो ।

नेवाः सांस्कृतिक पुचमकवानपुरको आयोजनामा गरिएको बिशेष कार्यक्रम गर्दै रथमा चडाई हेटौंडा नगर परिक्रमा गराएका हुन् । पराष्ट्रविद श्रेष्ठ दम्पत्तीलाई समेत पुचले सम्मान गर्दै नगर परिक्रमा गराएको हो । श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा सभामुख श्रेष्ठ, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायत स्थानीय नेवार समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।


श्रेष्ठले मकवानपुर सहित देशैभरी पुर्याउनुभएको योगदानको कदर गर्दै नेवा सांस्कृतिक पुच. मकवानपुरले सम्मान गरेको हो । मकवानपुरको भिमफेदी र हेटौंडामा बषौं सम्म बस्दै आउनुभएका श्रेष्ठ ७७ बर्ष पुगेको अबसरमा सम्मान गरिएकोे हो । रथयात्रा गराएर औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको नेवा सांस्कृतिक पुच. मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जनले बताउनुभयो ।


पुच मकवानपुरको सल्लाहकार समेत रहनुभएका श्रेष्ठले बिभीन्न बिषयमा ३० वटा पुस्तक लेखिसक्नुभएको छ । बहुभाषामा ज्ञान राख्दै आउनुभएका श्रेष्ठ २ पटक सांसद समेत हुनुभएको समाजसेबि देब प्रसाद श्रेष्ठले बताउनुभयो । हेटौंडाको चौकिटोल निवासी हिरन्यलाल लामो समय देखि काठमाण्डौमा बस्दै आउनुभएको छ । बिभीन्न पत्रपत्रिकामा लेखहरु प्रकाशन गर्दै आउनुभएका उहाँ परराष्ट्र बिधका रुपमा परिचित हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*