नेकपाको पोलिट्ब्युरो सदस्यमा केदार न्यौपाने निश्चित

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पोलिट्ब्युरो सदस्यमा केदार न्यौपाने चयन हुने निश्चित भएको छ । नेकपाको एक सय ४७ जना पोलिट्ब्युरो सदस्य मध्यमा नेकपा मकवानपुरका नेता समेत रहुनभएका न्यौपानेको नाम पनि तय भईसकेको छ । अहिले भने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहुनुभएकाले पालिट्ब्युरो सदस्यहरुको नाम सार्बजनिक हुन बाँकी रहेको हो । आउँदो जेठ ३ गते नेकपाको सचिवालयको बैठकले अरु संगै न्यौपानेको नाम पनि घोषणा गर्ने निश्चित भएको नेकपाका एक जना केन्द्रीय नेताले बताएका छन् ।
लामो समय देखि कम्युनिष्ट राजनितिमा लाग्नुभएका न्यौपानेले पोलिट्ब्युरो सदस्यको अबसर भने पहिलो पटक पाउन लाग्नुभएको हो ।
२०४५ साल देखि पार्टीको केन्द्रीय सदस्यमा पटक– पटक रहनुभएका न्यौपानेले २०७६ साल जेठ तीन गतेबाट मात्र पोलिट्ब्युरो सदस्यको जिमेवारी पाउन लाग्नुभएको हो । हाल केन्द्रीय सदस्य रहनुभएका न्यौपानेले २०२९ सालमा पार्टी सदस्यता लिनु भएको थियो । २०३१ सालमा भूमिगत रुपमा पार्टीमा रहनुभएका न्यौपानेले भूमिगत कालमा बारा जिल्लाको पार्टी सचिव बनेर काम गरिसक्नु भएको छ ।
२०३२ सालपछी तीन बर्ष जेल समेत उहाँ पर्नुभएको थियो । २०३६ सालदेखि ४४ साल सम्म चितवन जिल्लाको पार्टी सचिब बनेर काम गर्नुभयो । २०४६ सालमा जनकपुरमा पार्टी इन्जार्च, दश बर्ष नारायणी अंचलको पार्टी इन्चार्ज, बागमती अंचलको सचिब, २०५६ साल देखि २०६२ साल सम्म राष्ट्रिय सभाका सांसद, केन्द्रीय सदस्य हुँदै अहिले बल्ल पोलिट्ब्युरो सदस्य हुने निस्चित भएको हो ।