राजधानी अनिश्चित हँदा भौतिक संरचना निर्माणमा चुनौतीः घीमीरे

जनपत्र
२७ बैशाख २०७६, शुक्रबार १८:३०

हेटौंडा / प्रदेश तीनको राजधानी हेटौंडा निश्चित नहँदा भौतिक संरचना निर्माणमा चुनौती थपिएको प्रदेशसभाका सचिव रामशरण घिमीरेले गुनासो गर्नुभएको छ ।
अभिलेख, बिद्येयकमा र अन्य काममा प्रदेश तीन सरकार अघि रहेपनि प्रदेशसभालाई आवश्यक पर्ने भौतिक संरचना नहुदा निकै कष्ट परेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका संसदीय पत्रकार मञ्चका सदस्यहरुसंग आज हेटौंडामा अन्तक्र्रिया गर्दै उहाँले भन्नुभयो–’पाँचवटा विषयगत समितिका लागि त छलफल गर्ने हल नै छैन, प्रदेश सभाहल पनि जेनतेन कामचालाऊ मात्रै छ, यसले गर्दा कामकारबाही सहज हुन सकेको छैन् ।’ राजधानी निश्चित नभएकोले संरचना बनाउदा खर्च बढ्ने र प्रयोगमा नआउने भन्दै उहाँले राजधानीको टुङगो लागे सहज हुने धारणा राख्नुभयो ।

प्रदेश तीनमा सौहार्दपुर्ण ढंगले संसद चलीरहेको बताउदै सचिब घिमिरेले सभामुखको कार्यकौशलताको प्रशंसा समेत गर्नुभयो । गण्डकी प्रदेहका संसदीय पत्रकार मञ्चका पत्रकारहरु १ नम्बर, दुई नम्बर प्रदेश सभामा अन्तरक्रियापश्चात आज हेटौंडा आईपुगेको पत्रकार अमृत सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*