काबुलमा अमेरिकी सेनामाथि भएको आक्रमण सन् २०११ पछिकै सबैभन्दा खतरनाक

जनपत्र
११ भाद्र २०७८, शुक्रबार ११:५६

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित ६० जनाको ज्यान गएको छ । १ सय ४० जना घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना १३ सैनिकको ज्यान गएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रक्षा मन्त्रालयले अमेरिकी सेनामाथि भएको यो आक्रमणलाई सन् २०११ पछिकै सबैभन्दा खतरनाक भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमण गर्नेलाई जसरी पनि खोजी गर्ने र उसलाई पनि कुनै हालतमा नछोड्ने चेतावनी दिनु भएको छ । आक्रमणकारीलाई आफूहरुले नभुल्ने र माफ नगर्ने बताउनु भएको छ ।

यस्तै, उहाँले काबुल विमानस्थलमा फसेकाहरुको उद्धारको कामलाई पनि नरोक्ने बताउनु भएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसले आफूले बम आक्रमण गरेको दाबी गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*