चौघडामा क्षमता बिकाश सम्बन्धी तालिम
हेटौंडा / हेटौंडा ६ चौघडामा नेतृत्व तथा क्षमता बिकाश सम्बन्धी तालिमको आज उध्घाटन् भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा तीन दिने तालिम आजबाट सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले तालिमका माध्यमले आफ्नो क्षमतामा बृद्धी गर्नका लागि आग्रह गर्नुभयो । क्षमता बिकाश गर्नका लागि कसैले भनेर भन्दा पनि आफै लागेमा थप सहज हुने बताउनुभयो । कार्यक्रममा हेटौंडा ६ का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, कार्यपालिकाका सदस्य कल्पना बिस्वकर्मा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।