साफको अन्तिम तयारी कतारमा

जनपत्र
११ भाद्र २०७८, शुक्रबार ०६:०५

नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । १५ असोजबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली २५ भदौमा कतार जाने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

त्यहाँबाट टोली ११ असोजमा माल्दिभ्स जानेछ । आयोजक समेत रहेको साविक विजेतासँग १५ असोजमा खेल्दै नेपालले साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । अहिले टोलीमा रहेका २५ खेलाडी नै कतार जाने बताइएको छ । अर्को साता भारतविरुद्ध हुने दुईमैत्रीपूर्ण खेलको तयारीका सिलसिलामा टोली पोखरामा रहेको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा १७ र २० भदौमा मैत्रीपूर्ण खेल हुनेछ । भारत पनि साफ च्याम्पियनसिपको तयारीकै क्रममा मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो ।

२५ सदस्यीय टोली
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), आशीष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

एडप्याडलाई प्रसारण अधिकार
नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता घरेलु मैदानमा हुने दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले लिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरे । पहिलोपटक खुला विज्ञापनमार्फत मिडिया राइट्स बेच्दा एडप्याडले सबैभन्दा धेरै २५ लाख १० हजार रुपैयाँमा प्रसारण अधिकार खरिद गरेको हो । सम्झौतासँगै एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले नेपाल र भारतबीचको दुई खेलको हिमालय टेलिभिजन एचडी र डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले गर्नेछ ।

एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । सोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र भारतबीच १७ र २० भदौमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईमैत्रीपूर्ण खेल हुने तालिका छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एडप्याडलाई धन्यवाद ज्ञापन गर्दै मैत्रीपूर्ण खेल बिनादर्शक गर्ने तयारी भइरहेको बताए । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*