‘समृद्धीको आधार श्रम, सृजना, उत्पादन र रोजगार’ नाराको प्रस्ताब

जनपत्र
२७ बैशाख २०७६, शुक्रबार ११:२९

हेटौंडा /  प्रदेश नम्बर –३ सरकारले आउँदो आर्थिक वर्ष २०७६।०७७ को बजेट निर्माणका लागि आवश्यक सुझाब संकलन गरेको छ । आउँदो असार महिनामा प्रदेशसभामा प्रस्तुत गरिने बजेटले सबैक्षेत्र समेट्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सुझाब संकलन गर्न सुरु गरेको हो । सकेसम्म प्रदेशका १३ वटै जिल्लाबाट बिभीन्न माध्यमले आएका सुझाबलाई समेटेर बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।

प्रदेश समृद्धीको आधार श्रम, सृजना, उत्पादन र रोजगार भन्ने मुल नारालाई बजेटको सुझाबका रुपमा प्रस्ताब गरिएको छ । बजेटको सुझाबका क्रममा आज मकवानपुरका उद्योगी, ब्याबसायी, बैकका प्रमुख, सहकारी, कृर्षि, करदाता, संचार क्षेत्रका प्रतिनिधि संग सुझाब संकलन गरिएको हो । यही सुझाबका आधारमा बजेट ल्याउने तयारी थालिएको मन्त्री ढुंगेलले बताउनुभयो । छलफलमा सहभागिहरुले करको दायरा बृद्धी गर्नका लागि प्रदेश सरकारलाई सुझाब दिएका छन् । यसअघिको बजेट ल्याउँदा प्रदेश सरकारले सुझाब संकलन गरेको थिएन । अहिले भने सबैक्षेत्रको सुझाबका आधारमा बजेट ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । अबको बजेटमा संचार क्षेत्रलाई पनि संस्थागत रुपमा समेटेर अगाडी बढ्ने मन्त्री ढुंगेलले बताउनुभयो ।

सबै क्षेत्रको सुझाबकै आधारमा बजेट ल्याउँदा पछी बिरोध आउने समस्या पनि नहुने र बजेट पनि प्रभाबकारी बन्ने भएकाले सरकारले ल्याएको कदम राम्रो भएको प्रदेश सभाका सदस्य रामेस्वर फूयालले बताउनुभयो । कार्यक्रममा कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंसालले राजस्व संकलन गर्नमा प्रबिधिको बिकाश गर्दै लगिनुपर्ने बताउनुभयो । अहिले पनि पहिलेकै अबस्थाबाट राजस्व संकलन गर्दा थोरै संकलन भएकाले यसलाई बृद्धी गर्दै लगिनुपर्ने उहाँको भनाई छ ।

मकवानपुर उद्योग बाणिज्यसंघका बरिष्ट उपाध्यक्ष माधब न्यौपानेले ब्याबसायीहरुमा करको दायर बृद्धी गर्नुपर्ने बताउनुभयो । कर तिर्नेलाई सरकारले बिभीन्न झन्झट बेहोर्न लगाउने अनी कर नतिर्नेले नतिरे पनि हुने समस्या हट्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले ठुला करदाताहरुले कर छली गर्न खोजेमा संचार क्षेत्रका कारण करको दायरामा ल्याइएको बताउनुभयो । प्रदेश सरकारले ल्याउने बजेटमा निजी क्षेत्रका संचार क्षेत्रलाई पनि समेटेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*