पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्महत्या

जनपत्र
१० भाद्र २०७८, बिहीबार ०७:३२

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् ।यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो ।

जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए । आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ । मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ ।

रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*