जोखिमपूर्ण समुदायको निम्ती सिपमुलक तालिम

जनपत्र
२६ बैशाख २०७६, बिहीबार १८:३२

हेटौंडा / मकवानपुर रिकभरिङ समुहको आयोजना तथा नेपाल सेनेरीको सहयोगमा जोखिमपूर्ण समुदायको निम्ती सिपमुलक इलेक्ट्रिसियन तालिमको आज हेटौंडामा उद्घाटन गरिएको छ । नेपाली काग्रेश तीन नम्बर प्रदेशका प्रतिपक्ष दलका नेता तथा काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले तालिमको उध्घाटन् गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, रिकभरिङ समुहका सल्लाहकार सिद्धीलाल श्रेष्ठ, नेपाल सेनरीका मार्टिना, नेपाल पत्रकार महासंघ मकवानपुरका अधयक्ष हरि हुमागार्इं, संस्थाका कार्यक्रम संयोजक सन्दीप लामा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुरज बिक्रम राणाको अध्यक्षतामा भएको हो । यस समुहमा आबद्धभएका युवाहरुका लागि २ महिना सम्मको तालिम दिएपछी रोजगारीका लागि सहजता गर्ने उदेस्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*