उपाध्यक्षलाई जेकुरा बोल्दा पनि छुट ? ज्यान असुरक्षित भयो भन्नेकुरा गलत–अध्यक्ष उप्रेती

जनपत्र
७ भाद्र २०७८, सोमबार २०:१५

हेटौंडा । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठले आफ्नो ज्यान असुरक्षित छ भन्ने कुरा गलत भएको वताउनुभएको छ । आज गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरुसहितको पत्रकार सम्मेलनगर्दै उहाँले भन्नुभयो–‘उपाध्यक्षलाई जेकुरा बोल्दा पनि छुट हुन्छ ? कुनै कुरा बोल्दा सत्यताको आधार हुनुपर्दैन ? ज्यान असुरक्षित छ भन्नेकुराकुराको पुष्टि गरेर देखाउनुस । कसको कारण ज्यान असुरक्षित भयो ?’

उपाध्यक्षले धम्क्याएकै कारण गाउँपालिकाका कर्मचारीलाई काम गर्न समस्या भएको अध्यक्ष उप्रेतीले वताउनुभयो । उपाध्यबाट धेरै कुरा सहदा सहदा हैरान भएकाले पत्रकार सम्मेलन गर्न बाध्य भएको वताउँदै उहाँले भन्नुभयो–‘अरुलाई धेरै खालका अर्ती उपदेश दिने तर, आफुचै व्यवहारमा कहिले पनि लागू गर्नुहुँदैन । राजिनामा मेरै हातमा दिनुभएको हो । स्वीकृत भयो, अदालतले जितायो अब राम्रोहोला भन्ने ठानेको तर, व्यवहार उस्तै भयो हामिले कति सहनु ?’

राजिनामा स्वीकृत भएपछी उपाध्यक्ष विष्ट आफैले आफ्नो कार्यकक्ष तोडफोड गरेकोे भिडियो फुटेज गाउँपालिकासंग रहेको उहाँले वताउनुभयो । आफैले कार्यकक्ष फोर्नेअनी आफै पहिले फेसबुकमा कार्यकक्षतोडफोड भयो भनेर पोष्ट गरेको उहाँले जानकारी गराउनुभयो ।

गाउँपालिकाको योजना अनुगमन र राजस्व परामर्ष समितिको संयोजक समेत उपाध्यक्ष रहेपनि त्यसका काममा उहाँ आफैले बाधा सृजना गरेको वताउँदै अध्यक्ष उप्रेतीले भन्नुभयो–‘उपाध्यक्ष समयमै योजनाहरुको अनुगमन नगर्दा उपभोक्ता समितिले समयमै रकम भुक्तानी पाउनका लागि समस्या भोग्नुपर्यो । त्यसैगरी उपाध्यक्ष सयोजक रहेको राजस्व परामर्ष समितिमा बैठक हुन्छ, निर्णय हुन्छ तर उपाध्यक्षकै हस्ताक्षर हुँदैन यस्ता समस्याबाट हामी हैरान भएका छौं । आम उपभोक्ता पनि हैरान भएका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*