बसको यात्रा : सुन लगाउने डराउँछन्, बोक्ने रमाउँछन्

जनपत्र
२६ बैशाख २०७६, बिहीबार १५:४१

हेटौंडा / पूर्ब–पश्चिम राजमार्ग र काठमाण्डौ–हेटौंडाको छोटो दुरीको मार्गको यात्रामा सुन ओसार पसार हुने घटना मकवानपुरका लागि नयाँ होइन । यसअघिका दिनमा पनि हुने गरेका थिए् । काठमाण्डौ एयरपोर्टमा चिनबाट भित्रने सुन हेटौंडा भएर भारत सम्म पुग्ने गरेको छ । तर, सुनका गहना लगाएर बस, टाटा सुमो लगायतका सवारीमा हिड्नुपर्दा धेरै महिलाहरु डराउँछन् ।

कान र घाँटीमा झपक्क गहना लगाएर भन्दा पनि सामान्य खालका गहनामा महिलाहरु यात्रा गर्ने गरेका छन् । तर, ठुला परिणामको सुन बोक्ने युवाहरु भने रमाउने गरेको पाइएको छ । सुनको कारोबार र ओसार पसार गर्दा ठुलै रकम हात पर्ने लोभले पनि कुनैन कुनै रुपमा सुन लुकाइ छिपाई मकवानपुरको सडक भएर ओसार पसार गर्ने गरिएको छ । सुन ओसार पसार गर्ने गिरोह यस अघि निकै सल्बलाएका थिए । अबैध सुनको कारोबार गर्नेहरु सुन निर्बाद रुपमा निकासी गरेपछी निकै खुसी हुन्छन् । त्यस अनुसार पैसा पनि कमाउने गरेको उनीहरु बताउँछन् ।

यही क्रममा मकवानपुर प्रहरीले एक केजी ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम अवैध सुन सहित एक जनालाई हेटौंडाको रातोमाटेबाट पक्राउ गरेको छ । काठमाण्डौबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा सुन सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । सुन सहित भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ४ वस्ने २९ बर्षिय किशोर ल्वागुन बिकलाई पक्राउ गरिएको हो ।

उनको दुबै खुट्टाको जुत्ता भित्र पैतालामुनी केही सुनका पाता राखेका थिए । अरु केही सुन उनले लगाएको पाइन्टको खल्तिमा राखेर निकासी गर्न लागेका थिए । त्यही सुन ल्याएको प्रहरीले थाहा पाईहाल्यो । निकासी गर्न लागिएको सुन भन्सार छली अबैध रुपमा ल्याइएकोले बरामद गरिएको सिंहले पत्रकार समेतलनमा जानकारी गराउनुभयो । आजको बजार दर अनुसार ८५ लाख ८६ हजार २६ रुपैयाँ मुल्य पर्ने सुन बरामद गरिएको हो । पक्राउ परेका बिक र सुनको थप अनुसंधान गर्नका लागि राजस्व अनुसंधान बिभाग पथलैयामा पठाइएको प्रहरीले जनाएको छ । ३३ केजी सुनकाण्डपछी मकवानपुरमा अबैध सुन त्यती बरामद भएको थिएन । तर, आज बिहान ३ बजेतिर भने प्रहरीले रातोमाटेबाट सुन बरामद गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*