न्यायमा विचलन आएमा देशमा शान्ति सुरक्षा हुँदैन–न्यायधिश कोइराला

जनपत्र
२६ बैशाख २०७६, बिहीबार ०८:३२

हेटौंडा /  उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायधिश पुस्पराज कोइरालाले न्यायमा बिचलन आएमा देशमा शान्ति सरक्षा कायम नहुने बताउनुभएको छ । उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरको आयोजानमा छिटो छरितो न्याय, सबैका लागि न्याय भन्ने मुल नाराका साथ कानुन दिबशका अबसरमा आज बिहान हेटौंडामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका अबसरमा उहाँले यस्तो कुरा वताउनुभएको हो ।

कानुन दिवशको महत्व बढेसंगै सबैको पहुँच कानुनमा बढाउनुपर्ने बताउनुभयो । अहिलेको समयमा न्यायधिशले पारदर्सी ढंगले न्याय दिनुपर्ने उहाँले बताउनुभयो । न्यायदिदा छिटो र छरितो रुपमा दिनुपर्ने बताउँदे उहाँले भन्नुभयो– न्याय छिटो दिनका लागि अदालतले मात्र चाहेर हुँदैन यसमा सबैको सहयोग भएमा मात्र छिटो न्याय दिन सकिने छ ।

हिजोको अदालत र अहिलेको अदालतमा धेरै फरक आएको उहाँको भनाई छ । न्याय पालिकका स्वतन्त्र नभएमा नागरिकले न्याय नपाउने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला अदालत मकवानपुर, उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायधिशहरु, कर्मचारीहरु, कानुन ब्याबसायीहरु, हेटौंडा उपमहनागरपालिकाका उपप्रमुख मिना लामा लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*