पूर्ण खाेप लगाएका केही दर्शकलाई रङ्गशालामा प्रवेश दिने एन्फाको प्रस्ताव

जनपत्र
३ भाद्र २०७८, बिहीबार १४:५६

काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ ।

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि आफूहरूले राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिने विषयमा आफूहरूले प्रस्ताव राखेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो । तर कोरोना महामारीको अवस्था अहिले भन्दा बढ्दै गएमा प्रस्तावमा पुनर्विचार हुने तुलाधरको भनाइ छ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनशिपकाे तयारीका लागि नेपालले यही भदौको १७ र २० गते भारतसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतसँगको खेल र साफ च्याम्पियनशिपको तयारीका लागि नेपाली टोलीले अहिले पोखरामा अभ्यास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*