मुख्यमन्त्री पौडेलले केहीबेरमा राजीनामा दिने, अष्टलक्ष्मी शाक्य आजै मुख्यमन्त्री बन्दै

जनपत्र
२ भाद्र २०७८, बुधबार १८:३९

हेटौंडा । बागमथी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै अब केही बेरमा राजीनामा दिने तयारी गर्नु भएको छ । भर्खरै मन्त्रिपरिषद्को बैठक सकेर राजीनामा दिनका लागि तयारी हुनु भएको हो । आजै आफुले राजीनामा दिएर आजैनै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन हुने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाइ पनि झापा घरबाट हेटौंडा आइपुगेकाले अब मुख्यमन्त्री पौडेलले राजीनामा दिन लाग्नु भएको हो । शाक्य आजै मुख्यमन्त्री बनेर सानो आकारको मन्त्री मण्डल पनि आजै गठन हुने पौडेलले जानकारी दिनुभयो । पाटी एकाताका लागि आफ्नो पद त्याग गरेको उहाँले वताउनुभयो । साढे तीन वर्षको अवधिमा आफुले राम्रा काम गरेको उहाँले जानकारी गराउनुभयो ।

प्रदेशसभाको एमालेका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठकपछि पदबाट राजीनामा दिने बताउनुभयो । मन्त्रिपरिषद्को बैठक सकिएपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु हुनेछ, निरौलाले भन्नुभयो। यसअघि एमाले संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो । प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले नै शाक्यलाई संसदीय दलको नेता बनाउनका प्रस्ताव गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनका निर्देशन दिएका थिए । त्यसैअनुसार बुधबार आकस्मिक रुपमा एमाले संसदीय दलको बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*