एमाले फुट्यो, माधव नेपालद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता

जनपत्र
२ भाद्र २०७८, बुधबार १७:१५

काठमाण्डाै – नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बुधवार निर्वाचन आयाेगमा नयाँ पार्टी दर्ता गरेको हो ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*