सामुदायिक विद्यालयका विद्यार्थीलाई स्व–अध्ययन सामग्री

जनपत्र
२ भाद्र २०७८, बुधबार १५:१६

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ वटा सामुदायिक विद्यालयका आठ सय ५१ विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ । गुडनेभर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा ७ मं वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजना अन्तर्गत बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने आठ सय ५१ विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रूपमा कक्षा सञ्चालन नभएकाले उनीहरूको सिकाइ निरन्तरका लागि ती सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीले पनि पढ्न नपाएका कारण पढाइमा सहज होस् भनेर हामीले अध्ययन सामग्री वितरण गरेका छौँ, यसले बालबालिकालाई पढाइमा सहज हुने छ ।’ संस्थाले वितरण गरेका अध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेन्सिल लगायतका शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ ।

विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्ने मिल्ने भएकाले ती अध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी हुने पूर्वीचौकी गाँउपालिका–७ का वडाध्यक्ष प्रकाश साउदले बताउनुभयो ।

सामुदायिक विकास केन्द्रले गुडनेवर्स इन्टनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि यस गाउँपालिकाको वडा नं ७ र दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा शिक्षा, बाल संरक्षण र प्रायोजित सेवासहितका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*