पहिराेका कारण दाङ–प्युठान सडकखण्ड अवरुद्ध

जनपत्र
२ भाद्र २०७८, बुधबार १२:०६

दाङ – दाङ–प्यूठान सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । पहिरोले मदन भण्डारी सहायक मार्ग दाङको घाेराही–मुर्कुटी हुँदै प्युठान जाने सडकखण्डमा पर्ने कुइने माेड नजिकै बाटो माथिबाट आएकाे पहिराेका कारण सडक अवरुद्ध भएको छ ।

पहिरो गएपछि बिहानैदेखि यस सडकमा दर्जनौं गाडीहरु बीच बाटाेमै राेकिएका छन् । यात्रुहरु  अलपत्र परेका छन् । सडकमा खसेकाे पहिराे हटाउनका लागि कुनै पहल नभएकाे स्थानीयले बताएका छन् । गएराति आएकाे अविरल वर्षाका कारण पहिराे खसेकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*