पछाडी पारिएका समुदायलाई एकीकृत वस्ती निर्माण गर्दै बागमती सरकार

जनपत्र
२ भाद्र २०७८, बुधबार ०९:०८

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलय एकीकृत वस्ति निर्माणको कामलाई चालु आर्थिक वर्षमा तिब्रता दिने भएको छ । समाजमा पछाडी पारिएका, लोपन्मुख, आदावासी, जनजाती, गरिव, असहाय समुदायका लागि एकीकृत वस्ती निर्माण गर्न लागिएको हो । छरिएर रहेका जग्गा जमिन नभएका समुदायलाई एकीकृत वस्ति निर्माण गर्नका लागि काम सुरु गर्न लागिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले वताउनुभयो ।

मन्त्रालय र मातहतका कार्यालयले वितेको आर्थिक वर्षमा पनि एकीकृत वस्ती निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ । यसले प्रतक्ष रुपमा पछाडी पारिएका समुदायलाई बस्नका लागि सहज भएको छ । मन्त्रालयले यो कामलाई अभियानकै रुपमा अगाडी बढाएको छ ।
मन्त्रालयले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–४ मा जिलु एकीकृत वस्ती बिकास कार्यक्रम चालु आर्थिक वर्षमागर्न लागेको हो । यो वस्ती निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ छुट्याइएको मन्त्री फूयालले वताउनुभयो ।

त्यसैगरी सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर–११ म एकीकृत मुसहर वस्ति विकास कार्यक्रमको बाँकी काम सक्नका लागि मन्त्रालयले चालु आर्थिक वाषर््मा ४५ लाख रुपैयाँ छुट्याएको छ । यो वस्ती निर्माण भएपछी मुसहर समुदायका नागरिकलाई बस्नका लागि सहयोग पुग्ने छ ।

बागमती प्रदेश सरकारले रसुवा जिल्लामा गोसाइकुण्ड एकीकृत विकास आयोजना चालु आर्थिक वर्षमा गर्ने भएको छ । कार्यालयले यस आयोजनाका लागि ३ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको मन्त्री फूयालले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*