विकृत वामपन्थीहरूको एजेण्डामा फसेको कांग्रेस माथि उठ्ने सम्भावना कम छः रवीन्द्र मिश्र

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:३२

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालका कम्युनिस्टलाई ‘विकृत वामपन्थी’ पार्टीहरूको संज्ञा दिँदै उनीहरुको पुनरोदयको सम्भावना कम रहेको बताएका छन् । त्यही कम्युनिस्टहरूको एजेण्डामा बसेको काँग्रेस वैचारिक र चारित्रिक दुबै रुपमा माथि उठ्न सक्ने सम्भावना कम रहेको उनको भनाइ छ ।

‘नेपालमा विकृत वामवादी पार्टीहरूको पुनरोदयको सम्भावना कम छ। विकृत वामवादीहरूको एजेण्डामा फसेको काँग्रेस वैचारिक र चारित्रिक दुबै रूपमा माथि उठ्ने सम्भावना नि कमै छ’, मिश्रले ट्वीटरमार्फत भनेका छन् ।

उनले कोही सुध्रनेवाला नै नरहेको ठोकुवा गर्दै सर्वोच्चको आदेश प्रतिकूल देखिने अध्यादेश, सर्वोच्चले नै वदर गरिदिन सक्ने तर अध्यादेशबारे विचाराधिन मुद्दा नै टुङ्गो नलागेको अवस्थामा अहिलेको अध्यादेश विरूद्ध पर्ने मुद्दाको सुनुवाई कहिले हुने रु भनि प्रश्न गरेका छन् ।

उनले ओलीले तत्कालीन अवस्थामा ल्याएको अध्यादेशको घोर विरोध गर्ने धेरै कांग्रेसीहरू अहिले मौन रहेको भन्दै आश्चर्य पनि प्रकट गरेका छन् । कांग्रेसले त्यागेको लोकतान्त्रिक र विकृत वामवादीले त्यागेको समाजवादी आदर्शको समायोजन गरेको नयाँ पार्टी नै अबको विकल्प भएको मिश्रको भनाइ छ । लोकान्तरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*