तालिबानको पहिलो पत्रकार सम्मेलन: महिलालाई विभेद गर्दैनौं, अब सबैको सुरक्षा हाम्रो जिम्मा

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:२३

अफगानिस्तानको सत्ता कब्जामा लिएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलो पत्रकार सम्मेलनमार्फत् २० वर्ष लामो संघर्षपछि देशलाई मुक्त गराउन सफल भएको र विदेशीहरूलाई निकालेको बताएका छन्। ‘यो पूरै देशका लागि गर्वको क्षण हो। अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौं,’ उनले पत्रकार सम्मेलनमा भने।

प्रवक्ता मुजाहिदले आफूहरूविरूद्ध लडेका सबैलाई माफी दिएको भन्दै बाह्य वा आन्तरिक शत्रु अब नचाहिने बताएका छन्। उनले अबउप्रान्त कसैलाई हानि नगर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको उल्लेख गरे।

‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौं। हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौं। सबै दूतावास सुरक्षित छ। वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई यो भरोसा दिलाउन चाहन्छु, अफगानिस्तानमा सबै सुरक्षित छन्। हामी विश्व समुदायलाई भरोसा दिन चाहन्छौं, अफगानिस्तानको भूमि कुनै पनि देशविरूद्ध प्रयोग हुन दिने छैनौं,’ उनले भने।

पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्नेबारे निर्णय गरिने जानकारी दिएका छन्। सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*