तालिबानले सत्ता कब्जा गरिरहँदा किन मौन रह्यो अफगान सेना

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:०१

१५ अगस्टमा जब तालिबानी विद्रोही अफगानिस्तानको राजधानी काबुल छिर्न थाले, राष्ट्रपति असरफ घानीले देश नै छाडेर भागे । केही रिपोर्टका अनुसार उनी ताजिकिस्तान पुगे भनिएको छ । कसैले उज्वेकिस्तान पुगेको दावी गरेका छन् । डेनमार्क, नर्वे, स्वीडेन, जर्मनी, अमेरिका लगायत धेरै देशले काबुलबाट आफ्ना दूतावास फिर्ता गर्न थालेका छन् । आम नागरिकका लागि भने काबुल विमानस्थल एकै ठाउँ बाँकी थियो । जहाँबाट मानिसहरु विदेश भाग्न सक्थे । तर अहिले त्यो ठाउँ पनि सर्वसाधारणका लागि बन्द गरिएको छ ।

सेनाको भूमिकाः

अमेरिकी राष्ट्रपति जो बाइडेनले दावी गरेका थिए कि, अफगानिस्तानमा जम्मा ८५ हजार लडाकु छन् । र ३ लाख सैनिक छन् । जसले गर्दा लडाकुलाई सेनाले सजिलै हराउन सक्छ भनेर ठोकुवा गरेका थिए । तर ठीक विपरीत, सेनाले तालिबान विद्रोहीका लागि सजिलै सत्ता खाली भने गरिदियो ।

बाइडेनले केहीअघि मात्रै कुनै हालतमा तालिबानले नजित्ने दावी गरेका थिए । तर अमेरिकी जासूसीका अनुसार २ देखि ४ महिनाभित्रै तालिबानले सत्ता कब्जा गर्नेछ भनिएको थियो । त्यसको केही सातामै ज्ञछ अगस्टमा तालिबानले सत्ता कब्जा गरिदियो । तर पनि अफगान सेनाले तालिबानविरुद्ध कुनै जवाफी हमला वा प्रतिक्रिया केही किन दिन सकेन वा चाहेन रु तालिबान राजधानी काबुल छिरिरहँदा के त्यहाँ सेनाको उपस्थिति नै थिएन रु

तालिबानले सत्ता कब्जा गर्न सक्नुको पछाडि सेनाले तालिबानमाथि कुनै प्रतिक्रिया दिएको थिएन । तर यसको पनि खास कारण थियो । अशरफ घानीले देश छाडेर जाँदै गर्दा फेसबुक पेजमा आफू कुनै रक्तपात नहोस् भन्ने चाहेकाले शान्तिपूर्ण रुपमा देश छाडेर भागेको बताएका थिए ।

तर यसको यथार्थ अर्कै थियो । कारण के भने, भ्रष्टाचार, अनियमितता, अनैतिक नेतृत्व । कुशासन जस्ता कारणले गर्दा अफगान सेनाको अघि राष्ट्रपति घानी अलोकप्रिय बनिसकेका थिए । घानी अफगान सेनाका लागि एक धोकेवाजको रुपमा चिनिएका थिए ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति छँदा अफगान सरकारले अमेरिकामा गएर शान्ति वार्तामा हस्ताक्षर गरेको थियो । जुन कुरा अफगान सेनाका लागि एक गम्भीर धोका थियो । लज्जाको विषय थियो । आफ्नो देशको सेना हुँदाहुँदै विदेशीको भूमिमा गएर आफ्नै सरकारले पीठ पछाडिबाट लात हानेर सेनाको वास्ता नगरिकन वार्ता गर्छ भने त्यो गम्भीर धोका हो भन्ने धारण अफगान सेनाको थियो । सेनाले भनेको थियो कि, हाम्रो दुश्मनसँग हाम्रै पछाडि गएर वार्ता गरेर हस्ताक्षर गर्नसक्ने सरकार विदेशीका लागि काम गरेको छ ।

अर्को कारण थियो कि, जब अमेरिकी जो बाइडेन सरकारले अमेरिकी सेनालाई फिर्ता लैजान थाल्यो, यो त अफगान सेनाका लागि झनै हिनताबोध गराउने लज्जास्पद घटना थियो । अफगान सेनालाई लाग्यो कि, अब तालिबानसँग कसरी भीडन्त गर्न सकिएला र रु खासमा तालिबानसँग लड्नुपर्ने बेलामा अमेरिकी सेना फिर्ता गइदिँदा अफगान सेना थप चिढिएको थियो । त्यसो त, त्यसअघि नै राष्ट्रपति घानी अमेरिका पुगेर सेना फिर्ताको निर्णय गरेका थिए । जवकि, त्यस निर्णयको विरोध सेना सहित धेरैले गरेका थिए ।

तालिबानले भने सेनाविरुद्ध एक मनोवैज्ञानिक रणनीति पनि अपनाएको थियो । तालिबानले सेनाहरुलाई एक चिठी पठाउन थाल्यो र भन्यो कि, तिमीहरु हामीविरुद्ध लड्दैनौ भने हामी तिमीहरुलाई जिउँदै छाड्नेछौँ । र तिमीहरुको परिवारलाई पनि केही गर्दैनौँ । तर यदी हाम्रो विरुद्ध लड्न आयौ भने तिम्रा परिवारलाई छाड्नेछैनौँ भनेर धम्कीपूर्ण सन्देश पठाउन थाले ।

किनकि, महिला तथा युवतीका लागि तालिबानहरु ज्यादै क्रुरतापूर्ण व्यवहार गर्छन् भन्ने मान्यता छ । यतिन्जेल तालिबानले विवाहका लागि युवतीहरुलाई अपहरण गर्न थालेको भन्ने जस्ता समाचार उनीहरुले सार्वजनिक गर्न थालिसकेका थिए ।

तर अहिले अवस्था फेरियो । तालिबानी प्रवक्ताले महिलाहरुलाई स्वतन्त्रता दिने बताएका छन् । महिलाहरु सार्वजनिक स्थलमा एक्लै हिँड्न सक्ने स्कुल जान सक्ने तर बुर्का लगाउनुपर्ने तालिबानले बताउन थालेको छ । खासमा महिला अधिकार दिने उनीहरुले भनेका छन् । यतिमात्रै नभएर कुनै पनि निष्पक्ष मिडियाले आफूहरुको आलोचना समेत गर्न सक्ने तालिबानले जनाएको छ ।

अमेरिकी रणनीति सफलः

अमेरिकी विदेशमन्त्रीले भने हालै अफगानिस्तानमा अमेरिकी मिसन सफल भएको दावी गरे । २० वर्षअघि अफगानिस्तानमा अमेरिकाले सेना पठाउनुको कारण ९/११ हमलाको बदला लिनका लागि थियो । जुन सफल भएको छ ।

यदी ९/११ का दुश्मनविरुद्ध मात्रै यो मिसन थियो भने २०११ म ओसामा बिन लादेनको हत्यापछि पनि अमेरिका किन अफगानिस्तानमा बसिरह्यो त रु यो प्रश्न चाहिँ उठिरहेको छ ।

२०१९ को अनुसन्धानले के देखाउँछ भने अमेरिकाले ९र११ हमलापछि मध्यपूर्वमा युद्धमा मात्रै ६ दशमलब ४ ट्रिलियन डलर खर्च गर्यो । र ८ लाख मानिस मारिसकेका थिए । र यो सबै अमेरिकी करदाताले संकलन गरेको पैसा थियो ।

इराकमा २००३ मा भएको अमेरिकी युद्धको सन्दर्भः

जब अमेरिकाले इराकलाई २००३ मा कब्जा गर्न थाल्यो । त्यसअघि इराकमा तेल उद्योग थियो । जुन राष्ट्रिय स्वामित्वमा थियो । त्यो तेल इराकी जनताका लागि राष्ट्रिय सम्पत्ति जस्तै थियो । तर जब अमेरिकाले इराकलाई कब्जा गर्यो त्यसपछि उक्त तेल अमेरिकाले लुट्यो । र तेल निजीकरण गरिदियो ।

बिपी, हेलिबोर्टोन लगायत कम्पनीको हातमा उक्त तेल उद्योग अमेरिकाले सुम्पिदियो । हेलिबोर्टोन यस्तो कम्पनी थियो, जसको नेतृत्व डिक चेनी नामका व्यक्तिको नेतृत्वमा थियो । जब डिक चेनी उक्त कम्पनीबाट नेतृत्व हस्तान्तरण गरे, त्यसपछि उनी अमेरिकी उपराष्ट्रपति बने । तर अमेरिकी उपराष्ट्रपति बनेपछि पनि उनले त्यस कम्पनीमा अधकिांश शेयर उनकै नाममा थियो ।

स्मरणीय के भने डिक चेनीले इराकमा अमेरिकाले युद्ध सुरु गर्नुपर्ने भनेर सार्वजनिक रुपमै आह्वान गर्न थालेका थिए । उनको कम्पनी हेलिबोर्टोनले तेल सम्झौता मात्रै पाएन केही सैन्य सम्झौता समेत पाउन थाल्यो । र प्रसस्त नाफा कमाउन थाल्यो ।

अर्को कम्पनी थियो, एक्जोनमोबील । जुन कम्पनीले २००३ मा यति धेरै नाफा गर्यो कि, जुन पहिलो तेस्रो महिनामा यस कम्पनीले कमाएको नाफा इतिहासमै कुनै पनि कम्पनी भन्दा धेरै थियो ७ बिलियिन डलर ।

अफगानिस्तानमा पनि फ्लोर कम्पनी छ । जुन डिफेन्स कन्ट्राक्ट गरेको छ । २०१५ मा यस कम्पनी अफगानिस्तानमा छ । केही त्यस्ता कम्पनी हुन्छन् ती कम्पनीले युद्धको बेला सबैभभन्दा धेरै नाफा कमाउँछन् । नाफा पनि मिलियन वा बिलियनमा । यसलाई ‘मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्स’ समेत भनिन्छ ।

२०१५ मा फ्लोरका लागि अमेरिकी रक्ष विभागले ३ दशमलब ५ बिलियन डल खर्च गरेको थियो । तर योे सबै पैसा भने अक्सर करदाताकै पैसा हुन्छ । उक्त पैसा सेनालाई दिइन्छ । सेनाले भने ठूला कम्पनीलाई साथमा लिन्छ । जसबाट धेरै नाफा कमाउन सकिन्छ । यसका लागि सेनाले राजनीतिज्ञलाई समेत प्रभावमा पार्ने गर्छ । फ्लोरले समेत यहाँ ठूलो रकम खर्च गरेर नाफा कमायो ।

चीनको रणनीतिः

भौगोलिक दृष्टिले पनि हेरौँ । काबुलबाट अहिलेसम्म चीन र रुसले आफ्ना दूतावास फिर्ता गरेका छैनन् । अर्थात्, तालिबान शासनलालाई चीन र रुसको समर्थन नै दखाएका छन् । चीनले त घोषणा गरिदियो कि, तालिबानको बन्ने नयाँ सरकारसँग मित्रता गाँस्न तयार रहेको भनिदिएको छ । केही विश्लेषकहरु के पनि भन्छन् भने, यसका पछाडि चीनको ‘वान बेल्ट वान रोड इनिसिएटिभ’को रणनीतिक स्वार्थ लुकेको छ । चीनले त्यही फाइदा सोचेरै तालिबान सरकारलाई स्वागत गरेको हो । यद्यपि चीनले अहिले स्वागत गर्नुको पछुतो पछि गर्नुपर्नेछ भन्दै टिप्पणी पनि हुन थालेको छ । चीन यदी मुस्लिम कट्टरपन्थी तालिबानप्रति उदार छ भने चीनमै पीडित बनेका उइघुर मुस्लिम अल्पसंख्यककको हालत दयनीय बन्दैछ । यसैले चीनले हाल आफ्नो आर्थिक नाफा हेरिरहेको छ ।

यो २० वर्ष लामो संघर्षमा यति धेरै तनाबका बावजुद कसलाई फाइदा पुग्यो त रु यसबीचमा को चाहिँ सफल भयो त रु अमेरिकाले आफ्नो मिसम पूरा भयो भने पनि, तालिबानले विजयोत्सव मनाए पनि आखिर युद्धको नाममा ज्यान गुमाउने लाखौँ नागरिक तथा सैनिक जवानहरु । खर्बौँ रकम कर संकलन गरी पठाउने अमेरिकी नागरिकहरु । अफगान नागरिकहरु यथार्थमा पीडित हुन् । न्यूयोर्क टाइम्समा एक पाठकले लेखेका थिए यो लामो युद्धमा यदी कसैलाई फाइदा भयो भने, अमेरिकी मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सलाई मात्रै फाइदा भयो । अरु सबैलाई घाटा ।

(भारतीय पत्रकार ध्रुव राठीको भिडियो श्रृंखलामा आधारित) अन्नपूर्णपोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*