माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

जनपत्र
१ भाद्र २०७८, मंगलवार १९:०९

काठमाडौँ — एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ । उनीहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार गरेको नेकपा एमालेका केन्द्रीय निर्वाचन बिभागका सचिब बाबुराम दाहालले वताउनुभयो ।

एमालेले माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र पठाइएको दाहालले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*