एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

उदाउँदो सूर्य चिन्ह खारेजीको माग, सूर्चचिन्हसंग मिल्ने चिन्ह अरुलाई नदिन एमालेको माग
जनपत्र
१ भाद्र २०७८, मंगलवार १७:५३

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।

हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ । यसअघि निर्बाचन आयोगमा गर्दा भएको जनताको जनवादी पाटीको चुनाब चिन्ह उदाउँदो सूर्य भएकाले नेकपा एमाले पाटीसंग मिल्दोजुल्दो चुनाब चिन्ह भएकाले यो चिन्ह खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको नेकपा एमालेका केन्द्रीय निर्वाचन बिभागका सचिब बाबुराम दाहालले वताउनुभयो । सूर्य चुनाब चिन्ह संग जोडेर कसैलाई पनि चुनाब चिन्ह नदिन पनि एमालेले आयोगलाई पत्र पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*