मकवानपुरमा थप २९ जनामा संक्रमण पुष्टि, ९२ जनाले कोरोना जिते

जनपत्र
१ भाद्र २०७८, मंगलवार १७:३५

हेटौंडा । मकवानपुरमा कोरोना पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा आजपनि कोरोना पुष्टि हुने भन्दा कोरोना निको हुने तेब्बर बढी रहेका छन् ।

जिललामा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना पुष्टि भएका छन् भने ९२ जनाले कोरोना जितेका छन् । मंगलबार ११८ जनाको पिसिआर र २३३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १८ जना र ११ जना गरी २९ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसअघि सोमबार जिल्लामा ४९ जनामा कोरोना पुष्टि हुँदा १ सय १६ जनाले कोरोना जितेका थिए । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या बढे संगै सक्रिय संक्रमितको संख्या घटेको छ ।

जिल्लामा हाल ३ सय ६८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३३० जना घरमा र ३८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयलले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*