लुम्बिनीका दुई सांसदलाई पदमुक्त गर्न एमालेद्वारा पत्राचार

जनपत्र
१ भाद्र २०७८, मंगलवार १६:३१

काठमाण्डाै – नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।

सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । शाही प्रदेश सरकारका विना विभागीय मन्त्री हुनुहन्छ ।

शाही २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य चुनावमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालीन नेकपाकाे तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपचुनावमा निर्वाचित हुनुभएको थियो ।

शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आउनुभएको छ भने वलीले माओवादी प्रवेश गरेको बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*