टी–२० विश्व कपको तालिका सार्वजनिक, भारत–पाकिस्तानबीचकाे खेल अक्टोबर २४ मा

जनपत्र
१ भाद्र २०७८, मंगलवार १५:४७

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ । त्यही दिन दोस्रो खेल बङ्गलादेश र स्कटल्यान्डबीच हुनेछ । त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ ।

टी–२० विश्व कप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो । तर कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसलाई यूएई र ओमानमा स्थानान्तरण गरेको थियो ।

प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् । सुरुवाती आठ टोलीमा बङ्गलादेश, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुआ न्युगिनी छन् । टी–२० विश्व कपको फाइनल नोभेम्बर १४ मा हुनेछ ।

सन् २०१६ पछि पुरुष टी–२० विश्व कप आयोजना गरिएको यो पहिलो पटक हो । यसअघि सन् २०१६ मा कोलकातामा खेलिएको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो ।

सुपर १२ को कुन–कुन देश छन् ?

समूह एक– इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, राउन्ड १ समूह ए को विजेता र राउन्ड १ समूह बी को उपविजेता

समूह दुई– भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, राउन्ड १ समूह बी को उपविजेता, राउन्ड १ समूह ए को उपविजेता

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*