मकवानपुरमा हाल सम्म कोरोनाले १५५ जनाको मृत्यु

मकवानपुर जिल्लामा हाल सम्ममा ४६ हजार ५ सय ४६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा १४ हजार ३ सय १७जनामा संक्रमण पुष्टि भएको छ ।
जनपत्र
१ भाद्र २०७८, मंगलवार ०८:५६

हेटौंडा । मकवानपुर जिल्लामा हाल सम्ममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको सख्या एक सय ५५ जना पुगेको छ । कोरोना संक्रमित धेरैजसोको उपचारका क्रममा मृत्यु भएको छ ।

बिशेषगरी हेटौंडा अस्पताल, भरतपुर, काठमाण्डौका अस्पताल लगायतका क्षेत्रमा कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको पाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले वताउनुभयो ।

मकवानपुर जिल्लामा हाल सम्ममा ४६ हजार ५ सय ४६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा १४ हजार ३ सय १७जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट बिरामी भएका १३ हजार ६ सय ८७ जनाले कोरोनालाई जितेको उहाँले वताउनुभयो ।

कोरोनाको संक्रमण बढ्नुको मुख्य कारण भनेको यसको हेटौंडा बजार क्षेत्रमा भीड बढेका कारण पनि समस्या भएको छ । मकवानपुर प्रशासनले बिहान र दिउसोको समयमा बजार खोलीदिने र यातायातका साधन खोल्नाले समस्या बढेको छ । प्रशासनले निषेधा मात्र गर्ने त्यस अनुसार कार्यान्वयन नगर्दा पनि कोरोना संक्रमण दर निकै बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*