काठमाण्डौमा अहिले घाम, दिउँसाे पछि पानी पर्ने सम्भावना

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०८:०७

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसो पछि भने हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार आज राति काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन सक्रिय नै रहेकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो।

आज दिउँसाे वाग्मती प्रदेश, प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति लुम्बिनीसहित वाग्मती प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*