काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०७:५८

काठमाण्डाै – याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे ।

जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।

यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे छ । र रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिक देखिइरहेका छन् ।

यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍याे । पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि देखियाे ।

साेमवार काबुल विमानस्थलमा भागदाैडकाे अवस्था देखियाे ।

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे देखियाे । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियाे ।

विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*