बागमती प्रदेशसभा बैठक आज दिउसो बस्दै

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०७:२१

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आजका लागि बोलाइएको छ । बजेट पारित गरेपछि गत असार २८ मा स्थगित भएको प्रदेशसभा बैठक करिब १ महिनापछि आज बस्न लागेको हो ।

आज दिनको २ बजे प्रदेशसभाको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो ।

बागमती प्रदेशमा प्रदेशसभा नियमावली संशोधन गर्न समिति बन्ने भएको छ । मंगलबार बस्ने प्रदेशसभा बैठकमा समिति गठनको प्रस्ताव हुने भएको हो ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधनका लागि मस्यौदा समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा सभामुखले प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*